+
+

बर्दियामा किशोरीमाथि सामूहिक बलात्कार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १८:३२

६ साउन, दाङ । बर्दियामा बुधबार राति एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बढैयाताल गाउँपालिका–५ फूलबारीमा १६ वर्षकी किशोरीमाथि बाँके र बर्दियाको सीमा मानखोला हुँदै बढैयाताल स्थित दिदीघरमा जाँदै गर्दा बाटोमा बलात्कार भएको हो ।

बाँकेको बैजनाथ गाउँपालिका–८ बस्ने ३० वर्षीय राजेश मंगता र सोही ठाउँका २० वर्षीय रोहन खटिकले दिदीको घरसम्म पुर्‍याइदिने भन्दै पर्खिन लगाएको र रातिमा बलात्कार गरेको खुलेको भनी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी सूर्यप्रकाश सुवेदीले बताए ।

बालिकाले घटनाको विषयमा बिहीबार विहान इलाका प्रहरी कार्यालय मैनापोखरमा जानकारी गराएकी थिइन् । लगत्तै प्रहरीले आरोपित दुई जना युवकलाई गुलरिया नागरपालिका–२ डल्लापुरबाट पक्राउ गरेको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?