+
+

शिक्षकको बढुवा सम्बन्धी कार्यविधि सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १४:५१

८ साउन, काठमाडौं । शिक्षक सेवा आयोगले ‘कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने शिक्षक पदको बढुवा सम्बन्धी कार्यविधि, २०७९’ सार्वजनिक गरेको छ ।

आयोगले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा हुने बढुवा सम्बन्धी कार्यलाई नियमित, वस्तुगत र व्यवस्थित गर्ने उद्देश्यले शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ५३ को अधिकार प्रयोग गरी कार्यविधि तयार गरेको जनाएको छ ।

कार्यविधिले शैक्षिक उपाधिको अङ्क, तालिमको अङ्क गणना, सेवा अवधिको अङ्क गणना, कार्य सम्पादन वापतको अङ्क गणना, पुराना अभिलेखको मान्यता लगायतको आधारमा मूल्याङ्कन गर्ने व्यवस्थाहरु समेटेको छ ।

कार्यविधिले शिक्षक बढुवाको सिफारिस गर्ने र प्रमाणित गर्ने अधिकारी स्थानीय तह अनुसार तोकेको छ । शिक्षक बढुवाको सिफारिस प्रधानाध्यापकले गर्ने र शिक्षा अधिकृतले प्रमाणित गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै प्रधानाध्यापक वा सरह वा उपल्लो तह र श्रेणीको शिक्षकको सिफारिस शिक्षा अधिकृतले गर्ने र शिक्षा प्रमुखले प्रमाणित गर्ने व्यवस्था गरेको छ ।

कार्यविधिले कार्यसम्पादन मूल्याङ्कन गर्ने सुपरीवेक्षक र पुनरावलोकन समिति रहने व्यवस्था गरेको छ । शिक्षकको सुपरीवेक्षक प्रधानाध्यापक हुने र पुनरावलोकन समितिमा प्रधानाध्यापक, स्थानीय तहको शिक्षा हेर्ने प्रमुख र शिक्षा विकास तथा समन्वय इकाई प्रमुख हुने व्यवस्था गरेको छ ।

प्रधानाध्यापक वा सरह वा माथिल्लो तह र श्रेणीको शिक्षकको सुपरीवेक्षकमा स्थानीय तहको शिक्षा हेर्ने प्रमुख र पुनरावलोकन समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीयतहको शिक्षा हेर्ने प्रमुख र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रहने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?