+
+

बाजुराको जिससको सबै पदमा एमाले उम्मेदवार सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १६:०६

८ साउन, धनगढी । जिल्ला समन्वय समिति बाजुरामा अन्य दलले उम्मेदवारी नदिएपछि सबै पदमा नेकपा एमालेका उम्मेदवार सर्वसम्मत चयन भएका छन् ।

समन्वय समितिको प्रमुखमा एमालेका तुलसीराम रोकाया र उपप्रमुखमा लाछु सार्कीसहित ९ सदस्यीय समन्वय समिति सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

समन्वय समितिको खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महत्तरा, महिला सदस्यमा कल्चुदेवी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउँद र दलित महिला सदस्यमा रम्ब देबी विक सर्वसम्मत भएका छन् । सर्वसम्मत चयन भएका प्रमुख, उपप्रमुखसहित सदस्यहरुले आइतबार पदभार ग्रहण गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख रोकायालाई मुख्य निर्वाचन अधिकृत माधवप्रसाद धिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि उनले उपप्रमुखसहित अन्य सदस्य शपथ खुवाएका थिए ।

९ स्थानीय तह रहेको बाजुरामा ३० वैशाखमा भएको निर्वाचनमा ५ वटा र २३ असारमा बुढीगंगा नगरपालिका समेत गरेर ६ पालिकामा नेकपा एमालेले जितेको थियो । ६ पालिका जितेपछि जिल्ला समन्वय समितिमा एमालेको एकल बहुमत थियो । सोही कारणले अन्य दलले उम्मेदवारी नदिएका हुन् ।

जिल्ला समन्वय समितिमा कुल मतभार १८ रहेकोमा ३ वटा नगरपालिका र ३ वटा गाउँपालिका जितेको एमालेको मतभार १२ र एउटा नगरपालिका र २ वटा गाउँपालिका जितेको नेपाली काँग्रेसको मतभार ६ मात्रै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?