+
+

ट्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १७:०९

९ साउन, जनकपुरधाम । सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामनगर गाउँपालिका– ५ बस्ने २२ बर्षीय रमेशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लालीका प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए ।

गिटी लोड गरेको ना ७ त १७३५ नम्बरको ट्याक्टरले धनकौल गाउँपालिका–२ स्थित मधुवनी सडक खण्डमा आइतबार राति ठक्कर दिँदा बीआर ३० क्यू ४१०२ नम्बरको मोटरसाइकलमा सवार यादवलाई ठक्कर दिएको हो ।

ठक्करले गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मंगलबार वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?