+
+

घुस संवादमा मुछिएका अधिवक्ता पोखरेलले दिए स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १७:४७

९ साउन, काठमाडौं । न्यायाधीशलाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका अधिवक्ता रुद्रप्रसाद पोखरेलले नेपाल कानुन व्यवसायी परिषदमा स्पष्टीकरण दिएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि परिषदले उनलाई एक साताभित्र स्पष्टीकरण दिन सार्वजनिक सूचना निकालेको थियो ।

उनले बुझाएको स्पष्टीकरणमा आरोप अस्वीकार गरेको परिषदका एक सदस्यले जानकारी दिए । ‘अडियो र कुराकानी मेरै हो भन्नुभएको रहेछ’, परिषद स्रोतले भन्यो, ‘तर अरु नै प्रसंगमा बोलेका कुराहरुलाई तोडमोड गरिएको भनेर उहाँले आरोप अस्वीकार गर्नुभएको छ ।’

स्पष्टीकरण पेश भइसकेपछि त्यसबारेमा अध्ययन गर्न परिषदको अनुशासन समितिको बैठक बस्नेछ ।

त्यसपछि थप स्पष्टीकरण सोध्ने, बयानका लागि सशरीर बोलाउने वा सोझै कारवाहीको निर्णय गर्नेमध्ये कुनै निर्णय हुनसक्ने परिषदका एक सदस्यले बताए ।  ।

गत महिना जिल्ला अदालत काठमाडौंका न्यायाधीश कोइरालालाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि अधिवक्ता पोखरेल छानबिनमा परेका थिए ।

परिषदले पत्र पठाए पनि उनले म्याद नबुझेका कारण थप कारवाही अघि बढाउन सकेको थिएन । सबैतिरका ठेगानामा पत्राचार गर्ने प्रयास असफल भएपछि काउन्सिलले सार्वजनिक सूचना निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?