+
+

मौद्रिक नीति आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि चुनौतीपूर्ण : सीबीफीन

बैंकहरुको प्रतिफल संकुचन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १३:३८

१० साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले मौद्रिक नीतिमार्फत चालिएका कदमले तरलता व्यवस्थानमा कठिनाइ देखिएको भन्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि थप चुनौतिपूर्ण हुने बताएको छ ।

मौद्रिक नीतिबारेको धारणा सार्वजनिक गर्दै सीवीफीनले मौद्रिक नीतिबाट चालिएको मौद्रिक औजारले उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गर्दै आयात प्रतिस्थापन गर्ने र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा थप चुनौतीपूर्ण हुने बताएको हो ।

बाह्य क्षेत्रका विविध घटनाक्रमको कारण नेपालको अर्थतन्त्रमा नकारात्मक असर देखिएको र आर्थिक स्थिरता, मूल्य स्थायित्व, विदेशी मुद्राको सञ्चितिलाई स्थिर राख्न, शोधनान्तर स्थितिमा बढ्दो असन्तुलनले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन चुनौती खडा हुने सीबीफीनको भनाइ छ ।

कमजोर उत्पादन प्रणालीका कारण चुलिंदो आयातलाई प्रतिस्थापन गर्नुपर्ने चुनौतीमा बैंकदरमा गरिएको वृद्धि, सीआरआर र एसएलआरमा भएको वृद्धि, आयातमा नगद मार्जिन, कर्जा प्रवाहको सीमामा संकुचनले तरलता व्यवस्थापनमा थप कठिनाइ हुने सीबीफीनले जनाएको छ ।

बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीको प्रतिफलमा समेत संकुचन हुने सीबीफीनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?