+
+

एलन मस्क भन्छन् : गुगल संस्थापककी पत्नीसँग सम्बन्ध छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १५:४६

१० साउन, काठमाडौं । टेस्ला कम्पनीका मालिक एलन मस्कले गुगलका सह सस्थापक सेर्गेइ ब्रिनकी पत्नी निकोल शानाहानसँग अनुचित सम्बन्ध रहेको चर्चा अस्विकार गरेका छन् ।

शनाहानसँगको अफिेयरकै कारण सेर्गेइसँग मस्कको मित्रता टुटेको भनी वाल स्ट्रिट जर्नमा समाचार छापिएपछि मस्कले यस्तो प्रष्टीकरण दिएका हुन् ।

ट्वीटरमा पोस्ट गरिएको उक्त समाचारको लिंकमा कमेन्ट गर्दै मस्कले त्यो समाचार पूर्ण रुपमा वाहियात रहेको बताएका छन् ।

साथै उनले सेर्गेइ ब्रिन र आफु अहिलेपनि राम्रो साथी रहेको र अघिल्लो राति सँगै एक पार्टीमा सहभागी भएको उल्लेख गरेका छन् ।

तर वालस्ट्रिट जर्नलले भने उक्त घटनासँग जानकार मानिसहरुको हवाला दिँदै मस्क र शानाहानबीच गत वर्ष छोटो अफेयर चलेको दाबी गरेको छ ।

मस्कसँग आफ्नी पत्नीको विवाहेत्तर सम्बन्धकै कारण ब्रिन दम्पत्तिको सम्बन्धमा चिसोपना आएको र यो वर्षको सुरुमा मस्कले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए ।

साथै उक्त घटनाले मस्क र ब्रिनबीचको लामो मित्रतामा पनि पूर्ण विराम लागेको थियो । ब्रिन र उनकी पत्नीबीचको सम्बन्ध विच्छेदको मुद्दा अहिले चलिरहेको छ र डिभोर्स पश्चात् ब्रिनले पत्नीलाई १ अर्ब डलर दिनेगरी सम्झौता हुनसक्ने बताइउको छ ।

मस्कले ट्वीटरमा लेखेका छन् : मैले तिन वर्षमा निकोललाई केवल दुई पटक मात्रै देखेको छु । दुवै चोटी धेरै मानिसहरुको बीचमा । त्यस्तो केही रोमान्टिक सम्बन्ध भएन ।

वालस्ट्रिट जर्नलका अनुसार अवैध सम्बन्धको हल्ला चलेको डिसेम्बर महिनामा ब्रिन र उनकी पत्नी छुट्टिसकेका थिए तरपनि सँगै बस्दथे । साथै उनले आफु र टेस्ला विरुद्ध वालस्ट्रिट जर्नलमा लगातार वाहियात कुराहरु लेख्ने गरेको पनि टिप्पणी गरेका छन् ।

गुगल संस्थापक ब्रिनकी पत्नी शनाहान क्यालिफोर्नियाकी वकिल तथा कानूनी प्रविधि कम्पनी क्लिएर एक्सेस आइपी तथा बिया इको फाउन्डेसनकी संस्थापक हुन् ।

उक्त फाउन्डेसन एक जनकल्याणकारी संस्था हो जसले प्रजनन स्वास्थ्य तथा अधिकार, समानता, फौजदारी न्याय तथा स्वस्थ वातावरण लगायतका विषयमा का मगर्दछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?