+
+

बायर्नले भित्र्यायो १७ वर्षीय युवा स्टार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १७:४०

१० साउन, काठमाडौं । जर्मन च्याम्पियन बायर्न म्युनिखले १७ वर्षीय युवा स्टार माथिस तेललाई अनुबन्ध गरेको छ । बायर्नले माथिसलाई फ्रेन्च क्लब रेन्सबाट अनुबन्ध गरेको हो । लिग वानमा उनले गत सिजन ७ खेलमा जम्मा ५० मिनेट मात्र खेलेका थिए ।

अहिलेको जेनेरेसनको उत्कृष्ट युवा खेलाडीको रुपमा रहेका माथिसका लागि बायर्नले २८.५ मिलियन युरो खर्च गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ । बायर्नका स्पोर्टिङ डिरेक्टर हसन सालिहामिडिचले माथिस तेल युरोको ठूलो क्षमतावान खेलाडी रहेको भन्दै उनी प्राविधिक रुपमा बलियो र भर्सटायल स्ट्राइकर रहेको बताए ।

उनले यसैवर्ष फ्रान्स यु-१७ टिमबाट युरोपियन च्याम्पियनसिपको उपाधि जितेका थिए र उनी टिमका कप्तान पनि थिए । बायर्नले लामो समयदेखि उनलाई हेरेको र क्लबको लागि यो अर्को महत्वपूर्ण कदम भएको हसनले बताए ।

बायर्नले क्लबका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई बार्सिलोनामा बेचेपछि उनी भन्दा झण्डै आधार उमेरका स्ट्राइकर भित्र्याएको हो ।

जर्मन च्याम्पियन क्लबमा अनुबन्ध भएपछि माथिसले बायर्न विश्वकै उत्कृष्ट क्लबमध्ये एक रहेको भन्दै आफू उत्साहित रहेको बताएका छन् । उनले बायर्नमा ३९ नम्बर जर्सी लगाउनेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?