+
+

ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टियो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १४:०३

११ साउन, काठमाडौं । ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिएको छ । बुधबार बिहान बीएण्डबी अस्पताल नजिकै बस ट्याक्सीमाथि पल्टिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार बा ३ ख ४४४० नम्बरको बस बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टिएको थियो । घटनामा ट्याक्सी चालक सञ्जोग घिसिङ घाइते भएको ललितपुरका डीएसपी अंगुर जिसीले बताए । उनका अनुसार घिसिङको गर्धनमा चोट लागेको छ ।

यस्तै मोटरसाइकल चालक भक्तपुर बालकोट बस्‍ने ३९ वर्षीय अनिस श्रेष्ठको नाक र दाहिने खुट्टामा चोट लागेको डीएसपी जिसीले बताए ।

यस्तै बसमा सवार ललितपुर लुभुका एक वर्षीय बालक विवश राईको ढाडमा चोट लागेको छ ।

ठक्कर दिने बस चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ भने सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?