+
+

डेम्बेलेको ‘नाइट नाइट’ सेलिब्रेसन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १४:०६

११ साउन, काठमाडौं । अमेरिकामा बुधबार बिहान भएको युभेन्ट्सविरुद्धको खेलमा पहिलो हाफमा नै २ गोल गरेका बार्सिलोनाका फरवार्ड उस्मान डेम्बेलेले खेलकुदमा ‘नाइट नाइट’ सेलिब्रेसन गरे ।

पहिलो हाफमा नै २ गोल गरेपछि उनले गरेको प्रदर्शनभन्दा बढी ‘नाइट नाइट’ सेलिब्रेसनले चर्चा कमायो । सामाजिक सञ्जालमा उनको यो सेलिब्रेसनको चर्चा भयो । गोल गरेपछि दुई हात जोडेर कुममा राख्दै टाउको मोडेर सुतेको अभिनय गर्नु ‘नाइट नाइट’ सेलिब्रेसन हो ।

बार्सिलोनाले आफ्नो ट्वीटरमा राखेको डेम्बेलेको ‘नाइट नाइट’ सेलिब्रेसनको तस्वीरलाई अमेरिकी बास्केटबल खेलाडी स्टेफेन करीले रिट्वीट गरेका छन् । करीले अमेरिकी बास्केटबलमा ‘नाइट नाइट’ सेलिब्रेसनलाई परिचित गराएका थिए । पछिल्लो समयमा युवा खेलाडीले आफ्नै तरिकाले ‘नाइट नाइट’ सेलिब्रेसन गर्ने गरेका छन् ।

प्रि–सिजन टुरका लागि अमेरिका पुगेका युभेन्टस् र बार्सिलोनाबीचको खेल डेम्बेलेको २ गोलको मद्दतमा बराबरी भयो । खेलमा पहिलो हाफमा २–१ को अग्रता बार्सिलोनाले दोस्रो हाफमा जोगाउन सकेन ।

बार्सिलोनाका लागि डेम्बेलेले ३४ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि युभेन्टसका मोइस केनले ३९ औं मिनेटमा गोल गर्दै खेललाई बरबरीमा लगे । त्यसको लगत्तै डेम्बेलेले ४० औं मिनेटमा गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २–१ को अग्रता दिलाएका हुन् ।

युभेन्टसका लागि भने मोइस केनले नै दोस्रो गोल ५१ औं मिनेटमा गोल गरे । त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिएको हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?