
११ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरीमा माछा र हाँस पाल्ने भएको छ । माछाको भुरा र हाँस खरिद गर्न महानगरले आर्थिक वर्ष २०७९/८० को बजेटमा ५ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो बजेटबाट माछा र हाँसका लागि आहारा पनि खरिद गर्नुपर्ने छ ।
यस्तै रानीपोखरी योजनाको विस्तृत परियोजना प्रतिवेदनका लागि पनि बजेट छुट्याइएको छ । जसका लागि महानगरले २५ लाख रुपैयाँ छुटट्याएको छ ।
८ पुस, २०७८मा ततकालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको स्वामित्व काठमाडौं महानगरपालिकाकामा हस्तान्तरण गरेको थियो ।
प्राधिकरणको अगुवाइमा पुनर्निर्मित रानीपोखरी आफ्नै कार्यकालमा महानगरको स्वामित्वमा फर्किएपनि शहरी विकास तथा भवन निर्माण विभागले केही बाँकी काम अझै गरिरहेको छ ।
१२ वैशाख २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको रानीपोखरी पुनर्निर्माणको २ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन् भने पुनर्निर्माणको जिम्मा सुरूमा महानगरले पाएको थियो । तर आफूखुशी कंक्रिट संरचना बनाउन खोजेपछि प्राधिकरणले बनाएर हस्तान्तरण गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4