+
+

१५.४४ अंकले बढ्यो नेप्से, ४ अर्ब ९७ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १६:०८

१२ साउन, काठमाडौं । बिहीबार सेयर बजार नेप्से १५.४४ अंकले बढेको छ । मंगलबार घटेको बजार बुधबार र बिहीबार भने लगातार बढेको हो । बिहीबार बजार २१२७.४२ बिन्दुमा पुगेर रोकिएको छ । यस दिन कुल २२१ कम्पनीको ७२ हजार ४५० वटा कारोबारबाट १ करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर किनबेच भयो ।

बिहीबार कारोबार रकम भने ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँको भएको छ । निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहबाहेक सबै उपसमूहको मूल्य बढेको छ । सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाए ।

बिहीबार विन्दवासिनी हाइड्रोपावर विकास कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । राष्ट्र उत्थान लघुवित्तको मूल्य समेत सर्किट लेवलमै पुग्यो । एक्सेल विकास बैंक, हिमालयन पावर, समृद्धि फाइनान्स समेत धेरै मूल्य बढ्ने कम्पनीमा परे । राधी जविद्युत् कम्पनीको मूल्य सबैभन्दा धेरै ३.९१ प्रतिशतले घट्यो । बलेफी हाइड्रो, ग्रिन भेन्चरसहितका कम्पनी धेरै घट्नेमा परेका छन् । अरुण काबेली पावरको सबैभन्दा धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?