+
+

शेखर कोइराला भन्छन् : देशमा सुशासन छैन भन्दा पनि हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १८:४६

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको दाबी गरेका छन् । डा. दीपकप्रकाश बास्कोटाद्वारा लिखित निष्ठाको यात्रा नामक कृतिको बिहीबार काठमाडौंमा लोकार्पण गर्दै उनले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताए ।

‘यसैगरी घिचघिच गरेर देश चलाउने हो भने हामी कहींको रहँदैनौं । देश कता पुग्छ, कसरी जान्छ भन्ने हामी सबैलाई चिन्ता छ,’ उनले भने, ‘श्रीलंका नबनोस् भन्नका लागि दण्डहीनताको अन्त्य गर्नुपर्ने जरुरी छ । भ्रष्टाचार निर्मुल गर्नुपर्ने जरुरी छ । सुशासन दिन सक्नुपर्छ । यो देशमा सुशान छँदै छैन भनेपनि हुन्छ ।’

अहिलेका राजनीतिकर्मीहरु जनताबाट धेरै टाढा भइसकेको कोइरालाले बताए । उनले भने, ‘हामी राजनीति त गर्छौं तर जनतासँग धेरै टाढा भइसकेका छौं । जनतासँग नजोडिकन हामी राजनीति गर्न थाल्यौं भने राजनीतिज्ञ त हौंला, भइन्छ तर वास्तवमा जनताले त्यसको फाइदा राजनीतिज्ञसँगबाट लिन पाउँदैनन् । त्यसकारण हामी जो राजनीति गर्छौं, जनतासँग जोडिन अत्यन्त जरुरी छ ।’

नेता कोइरालाले अहिले देशको परिस्थिति अफ्ठ्यारो रहेको भन्दै सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?