+
+
फ्राइडे रिलिज :

हलमा सशस्त्र द्वन्द्वको पीडादेखि ‘सिरियल किलर’को कथासम्मका फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते ९:४९

काठमाडौं । शुक्रबारदेखि नेपाली बक्स अफिसमा तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘पानीफोटो’ र दुई भारतीय फिल्म ‘एक भिलेन रिटर्न्स’ र ‘विक्रान्त रोना’ रिलिज भएका हुन् । पछिल्लो साता रिलिज भएका फिल्मले बक्स अफिसमा अपेक्षित व्यावसायिक प्रदर्शन गर्न नसकिरहेको बेला तीन नयाँ फिल्मको सम्भावित प्रदर्शनलाई लिएर पर्खाइ छ ।

खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहेको फिल्म ‘पानीफोटो’लाई सोसल ड्रामा जनरामा राखिएको छ । १ घण्टा ५२ मिनेट लामो फिल्ममा अनुप बराल, मेनुका प्रधान, खगेन्द्र र मलिका महतको मुख्य भूमिका छ ।

एक वृद्ध दम्पती आफ्नो एक मात्र छोराको अन्तिम संस्कार गर्न अस्वीकार गर्छन् र उनीसँगै बेपत्ता भएका मिल्ने साथी जो १५ वर्षपछि घर फर्किएका छन्, उनीसँगै छोरालाई खोज्न हिंड्छन् । चर्चित नाटक पानीफोटोमाथि बनेको यो फिल्मले दशक लामो सशस्त्र द्वन्द्वको मानवीय आयामलाई चित्रण गर्छ ।

मोहित सुरी निर्देशित ‘एक भिलेन रिटर्न्स’मा जोन अब्राहम, दिशा पटानी, अर्जुन कपुर र तारा सुतरियाको मुख्य भूमिका छ । २ घण्टा १० मिनेट लामो फिल्मलाई थ्रिलर, एक्सन र रोमान्स जनरामा राखिएको छ ।

राजेश महाडकर नामक पात्रले मुम्बईमा शासन गरेको ८ वर्षपछि पुनः अर्को सिरियल किलरको जन्म भएको छ । खतरनाक र निर्मम तर एउटै मास्क प्रयोग गर्ने पात्र । यो फिल्मले एकतर्फी प्रेम गर्ने पात्रको कथा भन्छ । उनीहरुले को खलपात्र र को नायक भन्ने निर्णय गर्न प्रेमको बाटो रोज्छन् ।

अनुप भण्डारी निर्देशित फिल्म ‘विक्रान्त रोना’लाई एक्सन, एड्भेन्चर र ड्रामा जनरामाा राखिएको छ । सुदीप किच्चा, ज्याकलिन फर्नान्डिज र निरुप भण्डारी मुख्य भूमिकामा छन् ।

लगभग आधा शताब्दीअघि एक उष्ण रेनफरेस्टको बीचमा रहेको एक दुर्गम गाउँका बासिन्दाले अनपेक्षित र अलौकिक घटनाक्रमको सामना गर्छन् । यसलाई ‘सुपरन्याचुरल’ बताइएको छ ।

ब्लकबस्टर फिल्म ‘कबड्डी ४’ शुक्रबारदेखि क्यूएफएक्ससहित मुख्य मल्टिप्लेक्सबाट उत्रिएको छ । बलिउड फिल्म शमशेरा र हलिउडको थोर : लभ एण्ड थण्डर भने प्रदर्शन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?