+
+

तरकारी लिएर भारत जाँदै गरेको ट्रकमा ६ बोरा गाँजा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १४ गते ८:४८

१४ साउन, विराटनगर ।  पहाडी जिल्लाको  तरकारी बोकेर भारततर्फ जादै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद भएको छ । शुक्रबार राति  संखुवासभाबाट बन्दाकोपी लिएर विराटनगर हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको ट्रकबाट सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले १५६ किलो(६ बोरा) गाँजा बरामद गरेको हो ।

बन्दा कोपी बोकेर भारततिर जान लागेको प्रदेश १-०२- ००१ ख ८६७७ नम्बरको ट्रक चेकजाँच गर्दा शुक्रबार राति ६ बोरा गाँजन भेटिएको सशस्त्र प्रहरीले बताएको छ । गाडीमा ४६ बोरा बन्दा कोपी र ६ बोरा गाँजा थियो ।

गाँजासहित पक्राउ परेका ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका ३ का २९ वर्षीय विवेक राईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानी बुझाएको सशस्त्र प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सङ्खुवासभाबाट बन्दा कोपी लोड गरेर ल्याएको ट्रकमा धनकुटाबाट गाँजा राखिएको थियो । पक्राउ परेका युवकमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?