+
+

महिला साफ च्याम्पियनसिपको अभ्यास च्यासल, भद्रकाली र सेन्ट जेभियर्सको मैदानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १६:३६
च्यासल मैदान ।

१५ साउन, काठमाडौं । भदौमा आयोजना हुने महिला साफ च्याम्पियनसिप तयारीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले च्यासलसहित तीनवटा मैदानलाई अभ्यास मैदानका रुपमा प्रयोग गर्ने भएको छ ।

एन्फाले नवनिर्मित च्यासल फुटबल मैदान, त्रिभुवन आर्मी क्लबको भद्रकाली मैदान र सेन्टजेभियर्स स्कुलको मैदानलाई प्रशिक्षण मैदानका रुपमा प्रयोगमा ल्याउन लागेको एन्फा महासचिव किरण राईले जानकारी दिए ।

च्यासल मैदानमा गोलपोष्ट निर्माणका लागि पोलहरु गाड्ने काम भइरहेको छ । एन्फाले च्यासल र भद्रकाली मैदानलाई आधिकारिक रुपमा लिइसकेको तथा सेन्टजेभियर्स मैदान निरीक्षणका क्रममा रहेको एन्फा महासचिव राईले जानकारी दिए ।

यसअघि सम्पन्न ए डिभिजन लिगको संस्करणमा पनि च्यासल मैदानलाई उपयोगमा ल्याउने भनिएको थियो । तर, निर्माण सम्पन्न भइ ठेगेदार कम्पनीले एन्फालाई हस्तान्तरण नगरेकाले मैदानमा प्रगोगमा आउन पाएको थिएन । तर अब एन्फा र ठेगेदार कम्पनीबिच सम्झौता भइ मैदान प्रयोगमा ल्याउन लागिएको महासचिव राईले जानकारी दिए । ‘मैदान एन्फाको मातहतमा आएको छैन तर छिटै आउने तयारीमा छ अहिले पनि हामीले सम्झौतामा नै उक्त मैदान लिन लागेका हौं,’ उनले भने, ‘यो छिट्टै एन्फाकै मातहतमा आउँछ ।’

भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने साफ महिला च्याम्पियसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले प्रारम्भिक चरणमा ५८ खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?