+
+

आज पनि मन्त्रालय आएनन् अर्थ सचिव

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १२:२०

१६ साउन, काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनी सोमबार पनि अर्थ मन्त्रालय हाजीर भएका छैनन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा अनुपस्थित भएका मरासिनी विदामा रहेका वा कुनै कार्यक्रममा सहभागी रहेको भन्ने खुलेको छैन ।

शर्मा आइतबार अर्थमन्त्रीका रुपमा दोस्रो इनिङ सम्हाल्न अर्थमन्त्रालय पुग्दा राजस्व सचिव कृष्णहरि पुष्करले नै स्वागत गरेका थिए ।

बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति संलग्न गराएको आरोपमा संसदीय छानबिन हुने भएपछि अर्थमन्त्रीले राजीनामा दिने दिनमा मरासिनी पारिवारिक समस्या देखाएर अनिश्चितकालका लागि विदामा बसेका थिए । शर्माले राजीनामा दिएको भोलिपल्टै सचिव मरासिनी बिदा सकेर मन्त्रालयमा हाजिर भएका थिए ।

मन्त्रीको अनुपस्थितिमा अर्थ मन्त्रालयमा नेतृत्व सम्हालेका मरासिनीले यतिन्जेल सक्रियतापूर्वक काम गरेका थिए । तर, आइतबार जनार्दन शर्मा अर्थमन्त्रीका रुपमा दोस्रो पटक नियुक्त हुने दिन भने उनी अनुपस्थित रहे ।

स्रोतका अनुसार सचिव मरासिनी अहिले पोखरा पुगेका छन् । उनले निकट सहसचिहरुसँग एक विदेशी दाताको कार्यक्रम रहेको र पारिवारिक जमघट पनि रहेको बताएका छन् ।

मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौला सचिव मरासिनीको विदाबारे औपचारिक जानकारी मन्त्रालयमा नहुने बताउँछन् । ‘उहाँ कार्यक्रममा जानु भएको पनि हुनसक्छ, विदा लनु भएको भए प्रधानमन्त्री कार्यालयमा जानकारी हुन्छ,’ उनले भने,’आइतबारदेखि उहाँ मन्त्रालयमा उपस्थित हुनुहुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?