+
+

माफी माग्दै माग्ने बुढाले हटाए ‘कमेडी हब’को विवादित दृश्य

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १३:४८

काठमाडौं । आफू निर्देशित टीभी शो ‘कमेडी हब’को ट्रेलर विवादमा तानिएपछि केदार घिमिरे ‘माग्ने बुढा’ले माफी मागेका छन् ।

अन्जानमा आफूहरुबाट गल्ती भएको स्वीकार्दै घिमिरेले दर्शक र शुभचिन्तकको सल्लाह बमोजिम ट्रेलरमा समावेश उक्त दृश्यलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाएको जनाएका छन् ।

गएराति सार्वजनिक गरिएको ट्रेलरमा हिन्दूहरुका आराध्यादेव भगवान शिवजीलाई मजाक बनाइएको भन्दै विरोध भएको थियो । पपगायक सञ्जय श्रेष्ठले त उक्त एपिसोडलाई रोक लगाउन माग गरेका थिए ।

सामाजिक सञ्जालमा हिन्दूहरुको आस्थामाथि उक्त दृश्यले प्रहार गरेको भन्दै विरोध भएको थियो । अहिले युट्युबबाट उक्त दृश्य हटाइएको छ ।

कमेडी हब विवादमा तानिएको यो पहिलोपटक भने होइन, यसअघि शैक्षिक व्यवसायीलाई यमराजको रुपमा चित्रण गरिएको भन्दै शो विवादित समेत बनेको थियो । यो कार्यक्रमलाई मिडिया हबले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?