+
+

डिजायर सेग्बे अजान्क्पो : मानेको चालकदेखि बायर्न म्युनिखमा अनुबन्धसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १४:४६

१७ साउन, काठमाडौं । साडियो माने र डिजायर सेग्बे अजान्क्पोले कुनै समय सेनेगलको टिम जेनेरेसन फुटबलबाट सँगै फुटबल करिअर सुरु गरेका थिए । तर समयले मानेलाई स्टार बनायो । स्गेबे भने संघर्ष गरिरहे ।

जर्मन क्लब बायर्न म्युनिखमा माने अनुबन्ध हुँदा सेग्बे मानेको ड्राइभर थिए । तर अहिले उनी बायर्नको टिममा अनुबन्ध भएका छन् । मानेले आफ्नो बच्चा बेलाका साथीलाई बायर्नमा अनुबन्धका लागि सहयोग गरेका छन् ।

बेनिनका अन्तर्राष्ट्रिय खेलाडी सेग्बे आफ्नो पुरानो साथीसँग फेरि एउटै टिममा जोडिएका छन् । जेनेरेसन फुटबबाट युथ करियर सुरु गरेका यी दुई त्यसपछि प्रेन्च क्लब मेट्ज पुगेका थिए । तर त्यसपछि मानेले उत्कृष्ट प्रदर्शन गर्दे स्टार बने । उनले रेडबुल साल्जवर्ग, साउथह्याम्पटन, लिभरपुलमा खेल्दै बायर्न पुगे ।

सेग्बेले भने मेट्जको रिजर्भ टिममबाट खेल्नुपर्‍यो । त्यसपछि उनी ठूला लिग भन्दा टाढा रहे । उनले फ्रान्स र इंग्ल्याण्डको तल्लो डिभिजनका क्लबका लागि खेले ।

मानेले मेट्ज छाडेको एक दशकपछि अहिले सेग्बे पनि बायर्नमा अनुबन्ध भएका छन् । २९ वर्षीय स्ट्राइकर सेग्बेले बेनिनको राष्ट्रिय टोलीका लागि ७ खेल खेलेका छन् । उनी सन् २०१९ को अफ्रिकन कप अफ नेसन्सको लागि टिममा थिए ।

सेग्बेले आगामी वर्ष हुने अफ्रिकन कप अफ नेसन्सको छनोटमा माने विरुद्ध पनि खेले । सेग्बे अजान्क्पोले पछिल्लो पटक फ्रेन्च तेस्रो श्रेणीको क्लब डन्केरक्यबाट खेलेका थिए ।

तर उनले गत जुनमा टिम छाडे । क्लबविहीन हुँदा सेग्बे मानेको चालक बनेर ट्रेनिङ सेसनमा जान्थे । अहिले उनी त्यही बायर्नको रिजर्भ टिममा अनुबन्ध भएका छन् । जसको प्रशिक्षक मार्टिन डेमिकल्स छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?