+
+

सप्तकोशी प्रभावितको उद्धारलाई तीव्रता दिन गृहमन्त्री खाँणको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते ९:२७

१८ साउन, काठमाडौं । सप्तकोशी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । आज बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै बस्ती पसेको छ ।

नदीले धार बदलेर गाउँ पासेपछि बेलकाका वडानम्बर १, २, ८ र ९ का नागरिकलाई स्थानान्तरण गर्न सुरु गरिएको छ । उनीहरूलाई प्रभावकारी रुपमा छिटो स्थानान्तरण गरी राहतको बन्दोबस्त गर्न गृहमन्त्री खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

नदी नजिकैको बस्तीमा पसिसकेको र गृहमन्त्री खाँणको निर्देशन अनुसार नागरिकलाई अन्यत्र सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुवास बोहोराले जानकारी दिए ।

गृहमन्त्री खाणले बेलकामा सप्तकोशीको कटानबारे परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग छलफल गरेका छन् । कटानबाट प्रभावित नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, बासस्थान र राहतको व्यवस्था कसरी गर्नेबारे छलफल भएको हो । उदयपुर परराष्ट्रमन्त्री डा. खड्काको गृहजिल्ला हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?