+
+

कोशी नदीको भंगालो उदयपुरको बस्तीमा पस्यो, २० हजार बढी नागरिक प्रभावित हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते ८:३८

१८ साउन, काठमाडौं । कोशी नदीको भंगालो बस्तीमा पसेको छ । आज बिहान ४ बजेदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

तीन सातादेखि भंगालोलाई रोक्ने प्रयास गरे पनि आज बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु-चिलिया बस्ती पसेको हो ।

नदी बस्तीमा पसेपछि एक हजार बढी घरपरिवारका करिब २० हजार नागरिक प्रभावित हुनसक्ने वेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए । उनका अनुसार वेलकाका वडानम्बर १, २, ३,  ८ र ९  साथ साथै सुनसरीको बराह क्षेत्र नगरपालिकाका केही वडाहरू प्रभावित हुनेछन् ।

अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय उदयपुर, बेलका नगरपालिकाको टोली उद्धारमा खटिएको छ । उनीहरूले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा लैजान सहयोग गरेका छन्।

अहिले प्रभावित क्षेत्रका नागरिकहरू आफ्ना पशुधन र लत्ता कपडा लिएर सुरक्षित स्थानतिर लागेका छन् ।

गृहमन्त्री बालकृष्ण खाँडले पनि नागरिकको उद्धारलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रभावितको बासस्थानका लागि छलफल भइरहेको गृहमन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?