+
+

भाइरल ज्वरो बढेपछि राप्तीका विद्यालय ७ दिन बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १०:१५

१८ साउन, दाङ । राप्ती गाउँपालिकाले विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेको भन्दै सात दिन विद्यालय बन्द गरेको छ ।

गाउँपालिकाभित्रका विद्यालयहरुमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै मंगलबारको कार्यपालिकाको बैठकले साउन १८ देखि २४ गतेसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालयमा भाइरल ज्वरोको संक्रमण बढ्ने जोखिम भएपछि हिउँदे र वर्षे बिदाबाट कट्टी हुने गरी सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास बिकले बताए ।

गाउँपालिकाले सूचना जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय कार्यान्वयनका लागि सबै विद्यालयलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?