+
+

युवकको पेट बन्यो खुत्रुके, शल्यक्रिया गरी निकालियो ६३ सिक्का !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १४:५२

१८ साउन, काठमाडौं । तपाईले शल्यक्रियाका विभिन्न अनौठा तथा चमत्कारिक घटना सुन्नुभएकै छ होला । डाक्टरहरुले शल्यक्रिया गरेर पेटबाट किला, ढुंगाहरु, कपालको चुल्ठो आदि निकाल्ने गर्दछन् । कसैको पेटबाट धेरै किलो सम्मको ट्युमर समेत निकालिएका छन् ।

छिमेकी मुलुक भारतमा यस्तै अनौठो शल्यक्रियाको घटना सार्वजनिक भएको छ । त्यहाँ एकजना ३६ वर्षका एक व्यक्तिको पेटबाट डाक्टहरुले १ भारुका ६३ वटा सिक्का बाहिर निकालेका छन् ।

पेटमा निकै धेरै पीडा भएपछि ती युवकलाई मथुरादास माथुर अस्पतालमा लगियो । डाक्टरहरुले उनको पेटको एक्सरे बाट चेकजाँचपछि प्राप्त रिपोर्ट देख्दा डाक्टरहरु पनि अचम्ममा परे । उनको पेटमा ६३ वटा सिक्का थिए । डाक्टरहरुले दुई दिन लामो शल्यक्रिया गरेर ती सिक्का निकालेर विरामीको ज्यान बचाए ।

ती युवकले डिप्रेसनका कारण दुई दिनभित्रैमा ६३ वटा सिक्का खाएको डाक्टरहरुको भनाइ छ ।

मानसिक अवस्थासमेत कमजोर रहेका ती युवकले चाहिँ आफूले कहिले सिक्का निलेको हो भन्ने कुरा बताउन सकेका थिएनन् ।

हाल ती युवकलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको र उनले स्वास्थ्यलाभ गरिरहेको बताइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?