+
+

११ वर्षपछि गोलकिपर क्यास्परले छाडे लेस्टर सिटी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १२:२४

१९ साउन, काठमाडौं । लेस्टर सिटीका कप्तान तथा गोलकिपर क्यास्पर स्माइकलले ११ वर्षपछि क्लब छाडेका छन् ।

३५ वर्षीय डेनिस गोलकिपर क्यास्परले लेस्टरसँग ११ वर्षको सम्बन्ध टुङ्गाउँदै फ्रेन्च क्लब नाइसमा अनुबन्ध भएका छन् । उनले नाइससँग तीन वर्षको सम्झौता गरेका छन् ।

सन् २०११ मा लिड्स युनाइटेडबाट लेस्टर सिटी पुगेका क्यास्परले किंग पावर स्टेडियममा उत्कृष्ट समय बिताए । क्लबका लागि सर्वाधिक खेल खेल्नेमा तेस्रो स्थानमा रहेका क्यासपरले लेस्टरका लागि ४७९ खेल खेलेका छन् । जसमा उनले १४४ खेलमा क्लिनसिट राखेका छन् । यसक्रममा उनले लेस्टरबाट सन् २०१५/१६ मा प्रिमियर लिग उपाधि जितेका थिए ।

पछिल्लो एक दशक लेस्टरको सफलतामा क्यास्पर महत्वपूर्ण सदस्य बन्दै आएका थिए । उनले २०२०/२१ मा एफए कप र २०२१ मा कम्युनिटी शिल्डको उपाधि समेत जिते ।

सन् २०१३/१४ मा दोस्रो श्रेणीको फुटबल च्याम्पियनसिप जित्दै लेस्टर प्रिमियर लिगमा बढुवा भएको थियो । युरो २०२० मा डेनमार सेमिफाइनलमा पुग्दा क्यास्परले उत्कृष्ट प्रदर्शन गरेका थिए । फ्रेन्च क्लब नाइसमा अनुबन्ध भएपछि उनले खुशी व्यक्त गरेका छन् । उनले डेनमार्कका लागि ८४ क्याप जितेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?