+
+

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १०:४०

२० साउन, काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचन मिति घोषणा गरेपछि गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन् ।

सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो । सोही विषयमा छलफल गर्न गठबन्धनमा रहेका दलहरूबीच बैठक सुरु भएको हो ।

सत्ता गठबन्धनका एकजना नेताले आजको बैठकमा चुनावी तालमेल, सिट बाँडफाँट र चुनावी रणनीतिका विषयमा छलफल हुने बताए ।

सत्ता गठबन्धन दलबीच आगामी निर्वाचनमा तालमेल गर्ने सहमत भए पनि सिट बाडफाँटको विषयमा भने टुंगो लागिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?