+
+

परराष्ट्र मन्त्री खड्का मंगलबार चीन जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १२:३१

२० साउन, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने भएका छन् ।

चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जान लागेका हुन् ।

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खड्का बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?