+
+
Shares

कांग्रेस माओवादी बहुत खतरनाक तत्व हुन्, जे पनि गर्न सक्छन्ः ओली

अध्यक्ष ओलीले अहिलेको गठबन्धनलाई लाज शरम पचेको हुँडारको संज्ञा दिए । उनले भने, ‘यिनीहरूको निगरानी गर्नुपर्छ, उनीहरूले जे पनि गर्न सक्छन् ।’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १४:२६

२० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बहुत खतरनाक तत्व भएको आरोप लगाएका छन् ।

शुक्रबार एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको रणनीतिक कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस-माओवादीमाथि निरन्तर निगरानी गर्नुपर्ने बताए । ‘कांग्रेस-माओवादीले जे पनि गर्न सक्छन् । उनीहरुलाई निगरानी गर्नुपर्छ,’ उनले भने, ‘उनीहरुले जे पनि गर्न सक्छन् ।’

अध्यक्ष ओलीले अहिलेको गठबन्धनलाई लाज शरम पचेको हुँडारको संज्ञा दिए । उनले भने, ‘यिनीहरूको निगरानी गर्नुपर्छ, उनीहरूले जे पनि गर्न सक्छन् ।’

अहिले चुनाव जित्न कार्ल मार्क्सको पुँजी पढ्नु नपर्ने उनको तर्क थियो । ‘अहिले दास क्यापिटल नपढ्नुस्, चुनावपछि पढ्नुहोला । माओका भोल्युम पनि पढ्नुपर्दैन । नेपाल पढ्नुस्,’ उनले भने ।

चुनाव अगाडि गठबन्धनले दिग्भ्रमित बनेका मतदातालाई भ्रममुक्त गर्न उनले नेता कार्यकर्तालाई निर्देशन दिए ।  ‘मतदातालाई अरुले दिगभ्रमित बनाउन नसकून् । भ्रममा नपरेका कोरा कागजमा नाम लेखिहालौं,’ उनले भने, ‘भ्रममुक्तलाई आफ्नो पक्षमा स्पष्ट बनाउने र भ्रमितलाई भ्रममुक्त गरिदिने ।’

अध्यक्ष ओलीले गठबन्धनले आँखामा मोतीविन्दू हालिदिएकाहरूलाई भ्रममुक्त गराइदिन आग्रह गर्दै भने, ‘उनीहरुको आँखाबाट भ्रमको मोतीविन्दू मुक्त गर्नुपर्छ ।’

उनले स्वतन्त्र उम्मेदवारले सबै काम गर्न सक्छ भन्ने भ्रम छर्न खोजिएको टिप्पणी गरे । ‘स्वतन्त्रले जित्न संसारका सबै मानिस पागल भएका छन् ? दलीय प्रणाली चाहिँदैन ? एउटा प्रणालीमा नचले देश कसरी अगाडि बढ्छ ?’ उनले प्रश्न गरे ।

स्वतन्त्रहरूले एकरूपतामा काम गर्न नसक्ने उनको तर्क थियो । उनले भने, ‘स्वतन्त्रहरुको सोच हुँदैन ? फरक फरक सोच भएका मानिसहरुले एकरूपतामा कसरी काम गर्छन् ? स्वतन्त्रले उत्पात गर्छ भनेर ह्वीम चलाइएको छ । सम्भवै नहुने कुरा हो ?’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?