+
+

फोहोरले दुर्गन्धित काठमाडौं (फोटो फिचर)

सिंहदरबारको गेट अगाडी नै फोहोरको डंगुर

चन्द्रबहादुर आले/आर्यन धिमाल चन्द्रबहादुर आले/आर्यन धिमाल
२०७९ साउन २० गते १५:१५

२० साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर नउठाउँदा काठमाडौं उपत्यका दुर्गन्धित भएको छ । महानगरको चोक चोकमा फोहोरको थुप्रोले सडक र फुटपाथ अस्तव्यस्त भएका छन् । देशकै ठूलो प्रशासनिक सचिवालय सिंहदरबारको गेट अगाडी नै फोहोरको डंगुर लागेको छ ।

काठमाडौंको फोहोर साउन ४ गतेबाट एकैचोटी हिजो १९गतेबाट मात्रै नियमित रुपमा उठ्न थालेको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरका अनुसार हिजोबाट घर –घरमा गएर नियमित फोहोर संकलन सुरु भइसकेको छ ।

घरबाट सडकमा आएका फोहोर नै महानगरभरीमा ९ हजार १ सय टन रहेका छन् । प्रवक्ता मानन्धरले आज शुक्रबार जसरी नै फोहोर ढुवानीमा सहज भएमा १० दिनमा काठमाडौंको फोहोर सिनित्तै पार्ने दाबी गरे । दैनिक १ हजार ३ सय फोहोर महानगरपालिबाट निस्कने गरेको उनले बताए ।

महानगरका फोहोर व्यवस्थापन फोकल पर्सन रहेका मेयर बालेन्द्रका सचिवालय सदस्य सुनिल लम्साल महानगरपालिकाले दैनिक रुपमा फोहोर उठाउनन सके घरबाट सडकमा फोहोर नै आउन नपाउने दाबी गर्छन् ।

‘आज २ सय ५० ट्रक फोहोर बञ्चरेडाँडामा गएका छन् । यो लामो समयपछि एकैदिन गएको फोहोरको सबैभन्दा ठूलो परिणाम हो । यसरी दैनिक फोहोर बञ्चरेडाँडामा गए एक हप्तामा सडकमा रहेका सबै फोहोर उठ्नेछन भने घरमा थुप्रिएका फोहोरहरु पनि १० दिनमा सिनित्तै पार्छौं, ’ लम्सालले भने ।

महानगरले फोहोर उठ्ने दाबी गरिरहँदा काठमाडौंका सडक, गल्ली र चोकहरुमा फोहोरको कारणले दुर्गन्ध बढ्दै गएको छ ।

हेर्नुस् तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?