+
+

सत्ता सञ्चालनको कुरा दिल्लीमा होइन, जनताको बीचमा हुनुपर्छ : बिजुक्छे

नेपाल किसान मजदुर पार्टी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको सत्तारुढ दलहरु जनताको बिरुद्धमा गएको आरोप लगाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १३:४३

२० साउन, कास्की । नेपाल किसान मजदुर पार्टी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको सत्तारुढ दलहरु जनताको बिरुद्धमा गएको आरोप लगाएका छन् ।

शुक्रवार पोखरामा पत्रकारसँग भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार वामपन्थीहरु तोड्न दक्षिणपन्थी मिल्न नपाउने बताए । उनले राजनीतिक पार्टीहरु चुनावअघि जनतामाझ लगेका घोषणापत्र कार्यान्वयन गर्नमा नलागेको बताए । अध्यक्ष बिजुक्छेले चुनावमा गठबन्धन गर्नुभन्दा पहिले चुनाव घोषणापत्र आवश्यक रहेको बताए ।

उनले चुनावलाई कसरी लेजाने ? देशमा ती पार्टीहरुको बहुमत आयो भने सरकारमा गयो भने के काम जनताका निम्ति गर्ने ? देशको निम्ति गर्ने त्यो, स्पष्ट
भाषामा आउन जरुरी रहेको बताए ।

उनले अहिलेका कम्युनिष्ट पार्टीहरु जनताको अभिमतलाई कुल्चिएर, जनताको आदेशलाई उल्लंघन गरेर कहिले काँग्रेससँग र कहिले राप्रपासँग मिल्ने गरेको भन्दै यो सिद्धान्त विपरितको कुरा भएको बताए ।

उनले भने, ‘ यो चुनावलाई कसरी लेजाने ? देशमा ती पार्टीहरुको बहुमत आयो भने सरकारमा गयो भने के काम जनताका निम्ति गर्ने ? देशको निम्ति गर्ने त्यो, स्पष्ट भाषामा आउनुपर्छ ।अर्को कुरा घोषणापत्रमा एउटा लेखेर आफ्नो सरकार नयाँ आएपछि ठ्याक्कै नमिल्ने, वामपन्थीहरु तोड्न दक्षिणपन्थीसँगको सरकार बनाउन पाउँदैन ।सिद्धान्तले दिँदैन । घोषणापत्र भन्दा बाहिर जानु हुँदैन ।’

अध्यक्ष बिजुक्छेले नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै सत्ता सञ्चालनको कुरा दिल्लीमा नभई जनताको बीचमा हुनुपर्ने बताए ।

उनले भने, ‘जनताको आदेशलाई उल्लंघन गरेर यी राजनीतिक पार्टीहरुले काँग्रेससँग पनि मिल्ने, राप्रपासँग पनि मिल्ने, जुनसँग पनि मिल्ने यो सिद्धान्त दूषित कुरा हो । यसले देशलाई अघि लैजाँदैन । यो गलत हो । त्यसकारण घोषणापत्र पहिला बनाएर त्यही आधारमा चुनाव लड्नुपर्छ । जनताले मत दिएपछि घोषणापत्र अनुसार काम गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?