+
+

फिल्म छायांकन स्टुडियोबारे अध्ययन गर्न कास्कीकोट पुगे भुवन केसी

भन्छन् : अब नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २१ गते २१:०२

काठमाडौं । कास्कीकोटमा फिल्म स्टुडियो निर्माणबारे अध्ययन गर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहितको टोली पोखरा पुगेको छ । ऐतिहासिक मानिने कास्कीकोटमा स्टुडियो बनाउने ठाउँको अवलोकन समेत उनले गरे ।

शनिबार पोखरामा आयोजित कार्यक्रममा केसीले त्यहाँ स्टुडियो बनाउन बोर्डले अध्ययन थालेको बताए । शाहवंशको उद्गम थलो मानिने कास्कीकोटमा यसबारे अध्ययन गर्न केसी शुक्रबार त्यहाँ पुगेका थिए ।

हिमश्रृंखला, फेवाताल र पोखरा सहरको दृश्य सकिने भएकाले कास्कीकोटमा पर्यटकको घुइँचो लाग्छ । यसअघि त्यहाँ स्टुडियो बनाउने योजना सरकारले अघि सारेपछि स्थानीयले अवरोध गरेपछि अवरुद्ध भएको थियो ।

भुवन बोर्डको अध्यक्षमा नियुक्त भएपछि उनले कास्कीकोटमा स्टुडियो बनाउन पहल थालेका हुन् । पोखरामा आयोजित कार्यक्रममा बोल्दै केसीले आफ्नो कथा, आफ्नो सिनेमा अभियानको शुभारम्भ पनि गरे ।

पोखरा प्राकृतिक फिल्म स्टुडियो भएकाले पनि स्थायी स्टुडियो आवश्यक रहेको उनले बताए । नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण गर्नु आफ्नो कार्यकालको प्रमुख एजेन्डा रहेको समेत उनले बताए ।

पाँचसय करोडमा बनेका विदेशी फिल्मसँग एक करोड रुपैयाँमा बनेका नेपाली फिल्मले प्रतिस्पर्धा गर्नुपरेको बताउँदै भुवनले प्राविधिक रुपमा नेपाली फिल्म बलियो हुनुपर्ने बताए । अभियानका परिकल्पनाकार विमल पौडेलले पोखरादेखि सुरु भएको अभियानलाई गण्डकी प्रदेशका ११ वटा जिल्लासहित देशभर फैलाउने बताए ।

तस्बिरहरु : अरुण गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?