+
+

म्यानचेष्टर युनाइटेडले रोनाल्डोलाई बेच्नु जरुरी छ : रुनी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १६:३६

२२ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेडका पूर्वकप्तान वायन रुनीले क्लबको भविष्यका लागि क्रिस्टियानो रोनाल्डोलाई बेच्नुपर्ने बताएका छन् ।

रुनीले क्लबले राम्रो टिम बनाउन रोनाल्डोलाई क्लब छाड्न स्वीकृति दिनुपर्ने बताएका हुन् । रोनाल्डोले जुलाईमा युनाइटेड छाड्न चाहेको खबर सार्वजनिक भएको थियो । उनले युनाइटेडमा रहँदा च्याम्पियन्स लिग खेल्न नपाउने भएकोले क्लब छाड्न चाहेका थिए ।

दि टाइम्सका लागि खेल्दै युनाइटेडका लेजेण्ड रुनीले भविष्यका लागि सोचेर टिम बनाउनुपर्ने र प्रिमियर लिगको उपाधिका लागि तयार रहनुपर्ने बताए ।

‘मेरो विचारमा युनाइटेडले रोनाल्डोलाई जान दिनुपर्छ । यसको अर्थ रोनाल्डोले एरिक टेन हाग (म्यानयूका प्रशिक्षक) को टिममा खेल्न सक्दैनन् भन्ने होइन । उनले जुनसुकै टिमबाट खेल्न सक्छन् । रोनाल्डोले तपाईंका लागि सधैँ गोल गर्छन्,’ रुनीले भनेका छन्, ‘तर मेरो व्यक्तिगत विचारमा अहिले युनाइटेड उपाधिका लागि चुनौती दिन सक्दैन । त्यसैले अबको उद्देश्य भनेको त्यस्तो टिम बनाउनुपर्छ जसले तीन-चार वर्षमा उपाधि जित्न सक्छ ।’

रुनीले रोनाल्डोलाई क्लब छाड्न दिएर टिमलाई सफलता दिलाउन सक्ने ९ नम्बरको नयाँ खेलाडी खोज्न सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?