+
+

टेन हागले रोनाल्डोलाई सुरुमै किन खेलाएनन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १२:३०

२३ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेड प्रिमियर लिग सिजनको पहिलो खेलमै घरेलु मैदानमा ब्राइटनसँग २-१ ले पराजित भयो । प्रशिक्षक एरिक टेन हागको प्रिमियर लिग डेब्यु पनि सुखद रहेन ।

सुपर स्टार क्रिस्टियानो रोनाल्डोले पनि युनाइटेडको उद्धार गर्न सकेनन् । प्रि सिजनमा जम्मा एक खेल खेलेका रोनाल्डोलाई टेन हागले पहिलो रोजाईँमा खेलाएनन् ।

बरु टेन हागले क्रिस्टियन एरिक्सनले फरवार्डमा खेलाएका थिए । टेन हागले रोनाल्डोलाई सुरुदेखि नखेलाउनुको कारण दिएका छन् ।

‘क्रिस्टियानो रोनाल्डो टिम ट्रेनिङमा १० दिन जति उपस्थित थिए र ९० मिनेट मैदानमा खेल्नका लागि त्यो थोरै हो । त्यही नै कारण हो कि रोनाल्डोलाई सुरुमा नखेलाएको’, टेन हागले भने । रोनाल्डो ५३ औं मिनेटमा फ्रेडको स्थानमा मेदान प्रवेश गरेका थिए । उनले खेलमा राम्रो सुरुवात गरे पनि आफ्नै गल्तीको सजाय पाएको बताए ।

उनले भने, ‘मेरो विचारमा सुरुमा खेल राम्रो थियो । त्यसपछि हामी विश्वासमा पछि पर्‍यौँ र हामीले गल्ती गर्‍यौँ अनी विपक्षीले सजाय दिए । तर मेरो विचारमा उनीहरु राम्रो विपक्षी हुन् । उनीहरुले लामो समय सँगै बिताएका छन् । र तपाईँलाई थाहा छ जब तपाईँले गल्ती गर्नुहुन्छ अनी त्यस्ता टिम विरुद्ध सजाय पनि पाउनुहुन्छ ।’ टेन हागले खेलमा राम्रो गर्न सक्ने ठाउँ भएपनि नसकेको र यसबाट सिक्नुपर्ने बताए ।

‘मलाई थाहा छ यस्तो हुन्छ तर मेरो विचारमा हामीले अझ राम्रो गर्न सक्थ्यौँ । तर यो एकरातमा हुँदैन । कुनै बेला हामीले प्रि सिजनमा राम्रो खेलेका थियौँ । आज पहिलो हाफमा हाम्रो खराब समय भयो । र हामीले यसबाट सिक्नुपर्छ ।’

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा ब्राइटनका लागि पास्कल ग्रोसले दुई गोल गरे । ब्राइटनकै एलेक्सिस मार्कअलिस्टरले दोस्रो हाफमा आत्मघाती गोल गरेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?