+
+

राष्ट्रिय सभाका उपाध्यक्ष पनि संवैधानिक परिषद्को सदस्य हुने व्यवस्था गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १४:२२
गंगाकुमारी बेल्बासे

२३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रकी राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्बासेले राष्ट्रिय सभाका उपाध्यक्ष पनि संवैधानिक परिषदको सदस्य हुने व्यवस्था गर्न माग गरेकी छिन् ।

राष्ट्रिय सभा बैठकमा सांसद बेल्बासेले राष्ट्रिय सभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद ७ सदस्यीय बनाउन सरकारसँग माग गरेकी हुन् ।

‘संवैधानिक परिषदमा संविधाननै संशोधन गरेर भएपनि सात सदस्य हुने व्यवस्था गर्न म माग गर्दछु । प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षको नेता, उपसभामुख रहने व्यवस्था छ । यसमा राष्ट्रियसभाको उपाध्यक्ष राखेर सात जनाको व्यवस्था गरियोस् भन्ने म माग गर्न चाहन्छु,’ उनले भनिन् ।

संवैधानिक परिषद सम्बन्धी विधेयक संसदमा छलफलमा रहेको भन्दै उनले भनिन्, ‘यतिबेला संवैधानिक परिषद विधेयक हाम्रो हातमा छ । हामी संशोधनको तयारीमा छांैं । पास गर्ने तयारीमा छौं । म सबै माननीयज्यूहरुको यसमा ध्यान जाओस् भन्ने कुरा राख्न चाहन्छु । यो सात जनाको बनाइयोस्, जसबाट बहुमत ४ जनाको हुन्छ । चार जनाको कोरम पुगेपछि निर्णय गर्दाखेरी एउटा सम्मानजनक अवस्थामा हामीले देशका संवैधानिक अंगहरुमा त्यो नियुक्त गर्न सक्छौं भन्ने कुरा म यहाँ राख्न चाहन्छु ।’

सांसद बेल्बासेले संवैधानिक परिषदलाई आफ्नो काम सहज ढंगले अघि बढाउन पनि सात सदस्यीय बनाउन उपयुक्त हुने दावी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?