+
+

नागरिकतामा अपमानजनक नाम राख्न नपाइने, भएकालाई सच्याउन दिइने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १९:२५

२३ साउन, काठमाडौं । सरकारले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ ।

त्यस्तै यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्‍याएर सच्याउन पनि दिने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गरी नाम र थरमा अपमानजनक शब्द राखी नागरिकता प्रमाणपत्र जारी भएको विषयमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले अबदेखि नाम र थरमा अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी नगर्ने व्यवस्था मिलाइएको पनि बताए ।

पहिले नै अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी भएको भए सम्बन्धित व्यक्तिलाई सच्याउन दिने व्यवस्था पनि मिलाइएको पनि पोखरेलले जानकारी दिए ।

विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकतामा व्यक्तिको नाममा अपमानजनक शब्द प्रयोग भएको समाचार सार्वजनिक भएपछि गृहले अबदेखि त्यस्तो हुन नदिने बताएको हो ।

हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?