+
+

हलिउड अभिनेत्रीहरु धमाधम युक्रेन पुग्दै, रुसी आक्रमणविरुद्ध सन्देश

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १७:५९

काठमाडौं । हलिउड अभिनेत्री जेसिका चेस्टन द्वन्द्वग्रस्त युक्रेन पुगेर राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेकी छिन् । आइतबार उनीहरुबीच राजधानी किभको राष्ट्रपति भवनमा भेटवार्ता भएको हो ।

राष्ट्रपति जेलेन्स्कीले आफू र अभिनेत्री चेस्टनबीच कार्यालयमा भेट भएको तस्वीर टेलिग्राममार्फत सार्वजनिक गरेका छन् ।

‘अमेरिकी अभिनेत्री जेसिका चेस्टेन युक्रेनमा छिन् । हाम्रो लागि यस्ता लोकप्रिय मानिसले भ्रमण गर्नु निकै महत्वपूर्ण छ,’ जेलेन्स्कीले लेखेका छन्, ‘यसका लागि धन्यवाद, हाम्रो देशमा के भइरहेको छ भन्ने बारेमा विश्वले अझै धेरै कुरा सुन्न, जान्न र बुझ्न पाउनेछ ।’

राष्ट्रपति जेलेन्स्की स्वयं पनि युक्रेनका कलाकार र टीभी प्रस्तोता हुन् । अभिनेत्री चेस्टेनले स्थानीय बाल अस्पतालको पनि भ्रमण गरेकी थिइन् ।

‘द आइज अफ ट्यामी फे’ फिल्मबाट उत्कृष्ट अभिनेत्रीको ओस्कार अवार्ड जितेकी चेस्टेन युक्रेनलाई समर्थन गर्ने एक्ली हलिउड अभिनेत्री भने होइनन् । केही महिनाअघि हलिउड अभिनेत्री एन्जेलिना जोली, कलाकारहरु बेन स्टिलर, सिन पेन र लिभ स्क्रेइभरले पनि किभ पुगेर युक्रेनमाथिको रुसी आक्रमणको विरोध गरिसकेका छन् ।

युक्रेनमा रुसले आक्रमण गरेको केही महिना भइसकेको छ, तर युद्ध रोकिने छाँटकाँट छैन । रुसी आक्रमणको विरोधमा हलिउड उत्रिएको छ । रुससँग फिल्म प्रदर्शन रोक्नेदेखि फेस्टिभल र छायांकनमा सहकार्य नगर्ने नीति पश्चिमा मुलुकले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?