+
+

नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गण्डकी प्रदेश तथा पोखरा महनगरको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १८:२८

२३ साउन, पोखरा । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन आफूहरु प्रतिबद्ध रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री चन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ्गले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेल र मेयर आचार्यले आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको जनाकारी दिएका हुन् ।

सदस्यसचिव घिसिङले आइतबार मेयर आचार्यले भेटको क्रममा नवौंलाई सफल बनाउन महानगरपालिकाले आवश्यक बजेट छुट्याइसकेको र प्रतियोगितालाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने बताएका थिए ।

यस्तै मुख्यमन्त्री पोखरेलले घिसिङलाई गण्डकी प्रदेशको खेलाडी छनौट र आवश्यक तयारीका लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा बजेट निर्धारण भइसकेको समेत जानकरी गराएका छन् ।
यसबाहेक घिसिङसँगको भेटमा मुख्यमन्त्री पोखरेलले प्रदशे सरकारको तर्फबाट नवौंलाई सफल बनाउन अन्य तयारीमा छलफल तिव्र गतिमा अघि बढिरहेको समेत प्रतिद्धता जाहेर गरेका छन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगितामा ३६ वटा खेलहरुलाई समावेश गरिएको छ भने २ वटा खेललाई प्रदर्शनी खेलको रुपमा राखिएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?