+
+

सृष्टि श्रेष्ठको ‘राधा’ चीनमा प्रदर्शन हुने, दूतावासले माग्यो फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १२:५२

काठमाडौं । सुवर्ण थापा निर्देशित फिल्म ‘राधा’ नेपाल रिलिजअघि नै चीनमा प्रदर्शन हुने भएको छ । ग्वान्झाओस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा फिल्मलाई देखाइन लागिएको हो ।

चाइना पर्फमेन्स इन्डस्ट्री एसोसिएसनले आयोजना गर्ने बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल २०२२ मा ‘राधा’ले प्रदर्शनको मौका पाएको हो । महावाणिज्य दूतावासका अनुसार साउन ३० गते फिल्म प्रदर्शनको तयारी छ ।

नेपाली फिल्मलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभलको आयोजक समितिले राधालाई छनोट गरेको दूतावासद्वारा प्रेषित पत्रमा उल्लेख छ । दूतावासले फिल्म निर्मातासँग फिल्मको पूर्ण स्क्रिप्ट र सारांश भिडियो पनि मागेको छ ।

कार्यवाहक महावाणिज्यदूत कुञ्जन शाहद्वारा प्रेषित पत्रमा फिल्मले चीनमा नेपाली फिल्मका लागि बजार खोजी गर्ने आशा लिइएको उल्लेख गरेका छन् । सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘राधा’ नेपालमा चाहिं भदौ १० गते प्रदर्शन तयारीमा छ ।

फिल्मले हराएका पतिको खोजीमा निस्किएकी सिंगल मदरको कथा भन्छ । देवकी विष्टले निर्माण गरेको फिल्मको निर्माताको रुपमा सौगात मल्ल पनि जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?