+
+

निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण : हृदयेश त्रिपाठी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १३:०५

२४ साउन, काठमाडौं । प्रतिनिधि सभा सांसद हृदयेश त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण रहेको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा समय माग गर्दै सांसद त्रिपाठीले नेपालकोनिजामती कर्मचारीको बनावट र वितरण त्रुटीपूर्ण रहेको बताएका हुन् ।

उनले नयाँनिजामती कर्मचारी ऐन नल्याएसम्म कुनैपनि सरकार लोकप्रिय नहुने दाबी गरे । सांसद त्रिपाठीले कर्मचारी समायोजन भएर गएका कर्मचारीलाई कर्मचारी मान्ने की नमान्ने कुरामा समेत दुविधा रहेको बताए ।

उनलेनिजामती ऐन नबनेसम्म यस्तो दुविधा रहिरने जिकिर गरे । त्रिपाठीले प्रदेश सचिव प्रशासकीय अधिकृत खटाउने व्यवस्था हचुवा भएको बताए।

उनले शासन प्रसाशनको महत्वपूर्ण ऐन,निजामती कर्मचारी ऐन कहाँ अल्झिएको हो भन्ने कुरा अहिलेसम्म खोजी हुन नसकेको बताए । निजामती कर्मचारी ऐन जारी नभएकाले सुशासन भन्दा पनि शासन गर्न समेत अफठ्यारो भएको उनले बताए ।

‘सरकारले कर्मचारीहरुको तलवमान वृद्धि गरेको छ । यसमा दुविधा देखियो । राजपत्र अनाधाकृति कर्मचारीहरु १५ प्रतिशत राजपत्राङ्कित कर्मचारीहरुलाई २४ देखि २६ प्रतिशत तलब वृद्धि हुने भयो । जसले गर्दा नायब सुब्बाहरु आन्दोलनमा छन् । त्यसतर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । जहाँ गहिरो त्यही पानी हुनु भएन । जसलाई कम चाहिएको थियो । उसलाई बढी दिने र जसलाई बढी चाहिएको थियो उसलाई कम दिने भन्ने हुन्न,’ उनले भने, ‘अर्को नेपालको संविधान जारी भएपछि सबैभन्दा पहिला जारी हुनुपर्ने निजामती सेवा ऐन थियो । शासन प्रसाशनको महत्वपूर्ण ऐन अहिले आएर कहाँ अल्झिएको छ । खोजी हुन सकेको छैन । नेपालको निजामति कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण छ । कुनै पनि सरकार लोकप्रिय हुन सक्दैन ।’

सांसद त्रिपाठीले सरकारले गरेको कर्मचारीहरुको तलबमान वृद्धिमा दुविधा देखिएको बताए । उनले राजपत्र अनाधाकृति कर्मचारीहरु १५ प्रतिशत राजपत्राङ्कित कर्मचारीहरुलाई २४ देखि २६ प्रतिशत तलव वृद्धि हुने देखिएको बताए ।

त्रिपाठीले तलव वृद्धिमा दुविधा रहेकोले नायव सुब्बाहरु आन्दोलनमा गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले जहाँ गहिरो त्यही पानी, जसलाई कम चाहिने हो उसलाई बढी दिने र जसलाई बढी चाहिएको हो उसलाई कम दिएको बताए ।

त्रिपाठीको भनाइ भिडियोमा हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?