0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

अब तल्लो तहका कर्मचारीहरुले पनि हाकिमलाई अंक दिन पाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १२:०५

२६ जेठ, काठमाडौं । निजामती कर्मचारीहरुले आफूभन्दा माथिल्लो तहका अधिकारी वा सुपरभाइजरलाई पनि अंक दिन पाउने गरी सरकारले नयाँ निजामती विधेयकमा प्रस्ताव गरेको छ ।

अहिलेसम्मको अभ्यासमा हाकिमले मातहतका कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनमा अंक दिन पाउथे । अब भने माथिल्लो जिम्मेवारीमा रहेका कर्मचारी वा हाकिमको व्यवहार र कार्यशैलीका बारेमा मातहतका कर्मचारीहरुले पनि अंक दिन पाउने व्यवस्था थपिएको हो ।

रायका लागि कानून मन्त्रालयमा पुगेको विधेयकको मस्यौदामा माथिल्लो तहका अधिकारी वा सुपरभाईजरका वारेमा तल्लो तहका कर्मचारीहरुले पनि मूल्यांकन गरेर अंक दिने व्यवस्था प्रस्ताव गरिएको छ ।

विधेयकमा भएको व्यवस्था अनुसार, सुपरभाइजरहरुले मातहतका कर्मचारीहरुको कार्यदक्षता, क्षमता र अनुशासन मूल्यांकन गरेर १५ अंक दिन पाउने व्यवस्था छ । तर, मातहतका कर्मचारीहरुले आफ्नो हाकिमको ५ अंक मात्रै मूल्यांकन गर्न पाउने भएका छन् । मातहतका कर्मचारीहरुले दिएको अंकको औसत निकालेर ५ अंकभारमा प्राप्तांक निकालिन्छ र कार्यसम्पादन मूल्यांकनमा जोडिन्छ .

अंक मापन गर्ने तरिका तल्लो तहका कर्मचारीहरुले दिएको पृष्ठपोषण र प्रतिक्रियामा आधारित हुनेछ । समन्वय, मातहतका कर्मचारीहरुलाई गर्ने व्यवहार, विनम्रता, समाधानमुखी स्वभाव आदि विषयवस्तुलाई मूल्यांकन गरेर तल्लो तहका कर्मचारीहरुले हाकिमको अंक दिन पाउने व्यवस्था प्रस्तावित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?