+
+

बालेनले भने : केही व्यक्तिको स्वार्थपूर्तिका लागि फोहोर असरल्ल पार्न सकिंदैन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १६:०८

२४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न नसकिने बताएका छन् ।

वर्षौंदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणवद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको भन्दै उनले त्यसै क्रममा सिस्डोल-बञ्चरेडाँडा सडकखण्डको आलेटारमा अपरिचित समूहले फोहोर व्यस्थापनमा प्रयोग भएका टिपर र डोजर तोडफोड गरेको बताएक छन् ।

अपरिचित समूहले फोहोर बोकेका १४ वटा गाडी र सडक मर्मतमा प्रयोग भएका ३ वटा डोजर तोडफोड गरेको थियो ।

गाडी तोडफोडलाई फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा आफूहरुले लिएको भन्दै बालेनले लेखेका छन्, ‘कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?