+
+

आर्थिक समस्याका कारण बार्सिलोनाले नयाँ खेलाडी अझै दर्ता गर्न सकेन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १३:२३

२५ साउन, काठमाडौं । ला लिगाको नयाँ सिजन २०२२-२३ सुरु हुन अब केही दिन बाँकी छ । तर बार्सिलोनाले भने यसै समरमा अनुबन्ध गरेका नयाँ खेलाडीहरु ला लिगामा अझै दर्ता गर्न सकेको छैन ।

बार्सिलोनाले आउने शुक्रबार राति रायो भालेकानोसँग लिगको पहिलो खेल खेल्दैछ । बार्सिलोनाले गम्भीर आर्थिक समस्या झेलिरहेको छ र उसले बार्सिलोनाले ला लिगाको कडा वित्तीय नियमहरूको पालना गर्न आवश्यक छ ।

क्याटलान क्लबले समरमा रोबर्ट लेवान्डोस्की, रफिन्हा, जुल्स कोन्डे, आन्द्रेज क्रिस्टिनसेन, फ्रांक केसीलाई अनुबन्ध गरेको छ । क्लवमा आवद्ध भए पनि यी खेलाडी ला लिगामा दर्ता भएका छैनन् ।

बार्सिलोनाले सबै खेलाडी एकै पटक दर्ता गर्नुको सट्टा व्यक्तिगत रुपमा खेलाडी दर्ता गर्ने तयारीमा छ ।

आर्थिक समस्याको कारण जेरार्ड पिकेको तलब कटौती गर्नु परेको छ भने  नेदरल्याण्डका मिडफिल्डर फ्रेन्की डे जोङको भविष्यमा पनि परेको छ ।

म्यानचेस्टर युनाइटेड डी जोङलाई अनुबन्ध गर्न इच्छुक छ, चेल्सीले पनि चासो व्यक्त गरेको छ । यद्यपी, डे जोङले यसै सिजनदेखि लागु हुने गरी गरिएको सम्झौता नवीकरणको भुक्तानी पाइसकेका छैनन् । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले नेदरल्यान्ड्सका अन्तर्राष्ट्रिय खेलाडी क्लबमै रहुन भन्ने चाहन्छन् । ‘फ्रेन्की डी जोङ बार्सिलोनाका उत्कृष्ट खेलाडी हुन् र हामी उनी क्लबमा रहोस् भन्ने चाहन्छौं,’ लापोर्टाले टिभी थ्रीलाई भने, ‘उनी र उनको साथीहरुका साथ, हामीसँग धेरै शक्तिशाली मिडफिल्ड छ । उनलाई प्रस्तावहरु आएका छन् । तर हामी उनी बसुन् भन्ने चाहन्छौं र उनी पनि बस्न चाहन्छन् ।’

बार्सिलोनाले डिफेन्डर स्यामुएल उम्टिटी र फरवार्ड मार्टिन ब्रेथवेट लगायतका धेरै खेलाडीलाई अन्य क्लबमा पठाउन प्रयास गरिरहेको छ ।

‘उनीहरूले बुझेका छन् कि सबैभन्दा राम्रो कुरा भनेको अर्को टोलीमा गएर खेल्नु हो,’ लापोर्टाले भने । ‘उनीहरूको सम्झौतालाई सधैं सम्मान गरिएको छ, तर अब उनीहरूले एक कदम अगाडि बढ्नुपर्ने समय आएको छ । यसै साता दुवै जनाको क्लब तय गर्नुपर्छ ।’

– बीबीसीबाट

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?