
२५ साउन, काठमाडौं । रियल मडि्रडले यूईएफए सुपर कपको उपाधि जित्दा करिम बेन्जिमाले भने बालोन डि’ओरमा आफ्नो दाबेदाबी अझ लिएको बनाएको छ ।
लितपुरलले हराएर च्याम्पियन्स लिग जितेको रियल मडि्रडले बुधबार राति भएको सुपर कपमा फ्राङकर्फटमाथि २-० गोलको जित निकाल्यो । पहिलो गोल डेभिड अलबाले ३७औं मिनेटमा गरेका थिए, दोस्रो गोल भने ६५ औं मिनेटमा बेन्जिमाले गरे ।
क्लबका लागि कुल ३२४ गोल गरे उनी अब यो रियलका सर्वाधिक गोलकर्ता क्रिष्टियानो रोनाल्डोभन्दा मात्र पछाडि छन् । रोनाल्डोले ४५० गोल गरेका छन् ।
२०२१/२२ को सिजन बेन्जिमा आफ्नो करियरकै सबभन्दा लयमा देखिएका छन् । उनले रियलका लागि ४६ खेलमा ४४ गोल गरेका छन् । उनकै प्रेरणामा रियल मडि्रडले ला लिगाका साथै च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
सुपर लिगको फाइनलमा पनि गोल गरेपछि बेन्जिमा बालोन डि’ओरको प्रमुम दावेदार बनेका छन् । यो पटक उनकै सम्भावना रहेको भन्दै इंग्ल्याण्डका पूर्व मिडफिल्डर ओवेन हारगि्रब्सले बीटी स्पोर्टससँग भनेका छन्, ‘उनी अद्भुत सेन्टर फवार्ड हुन् । यदि उनले यो सिजन पनि जितेनन् भने कहिल्यै बालोन डि’ओर जित्ने छैनन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4