+
+

कांग्रेसले आजदेखि जनप्रतिनिधिलाई अभिमुखीकरण दिंदै

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते ६:३४

३० साउन, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैछ ।

निर्वाचित भएको ठीक तीन महिनापछि कांग्रेसले जनप्रतिनिधिहरूलाई काठमाडौं बोलाएर अभिमुखीकरण गर्न लागेको हो ।

नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रमको आज दिउँसो ११ बजे ललितपुरमा पार्टी सभापति शेरबहादुर देउवाले  उद्घाटन गर्दैछन् ।

सोमबार समापन हुने कार्यक्रममा पार्टीका शीर्ष नेताहरू पनि प्रशिक्षण दिनेछन् । कार्यक्रममा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र समन्वय समितिका प्रमुख-उपप्रमुखको सहभागिता हुने कांग्रेसले जनाएको छ ।

अभिमुखीकरणका कारण कांग्रेसले निर्वाचित केन्द्रित देशव्यापी अभियानलाई पछि सारेर छोट्याएको छ । ३० र ३१ गते अभिमुखीकरण हुने हुँदा तयारी नपुग्ने भन्दै कांग्रेसले भदौ २ गतेदेखि सुरू गर्ने अभियान १० गतेका लागि तय गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?