+
+

गृहकार्य नपुगेको भन्दै माओवादीको स्थायी समिति बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १२:३५

३० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक भोलिसम्मलाई स्थगित भएको छ ।

माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले सत्ता गठबन्धनको कार्यदल बैठक र अन्य केही गृहकार्यमा नेताहरु व्यस्त हुँदा बैठक स्थगित भएको जानकारी दिए । उनका अनुसार बैठक मंगलबार (भोलि) बिहान ८ बजे बस्ने छ ।

स्थायी समिति बैठकले चुनावी कार्यक्रम तय गर्ने, नेताहरुको कार्यविभाजन गर्ने र पदाधिकारी चयन समेत गर्न सक्ने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?