+
+

‘माइकल अधिकारी’को गीत ‘फापरको रोटी’मा सुष्मा र यशराज

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १२:१४

काठमाडौं । सुष्मा कार्की हिजोआज व्यावसायिकभन्दा निजी कुराले चर्चामा छिन् । सामाजिक सञ्जाल छाड्ने होस् वा रिलेसनसिपको कुराले उनी चर्चामा आइरहन्छिन् ।

पछिल्लो समय उनी नयाँ अफेयरमा रहेको चर्चा छ । यद्यपि, उनले मिल्ने साथी भन्दै यो प्रश्नलाई नकारिरहेकी छन् । यो सन्दर्भमा उनी अभिनित नयाँ म्युजिकल ट्रयाक रिलिज भएको छ ।

भदौ ३ गते रिलिजको तयारीमा रहेको फिल्म ‘माइकल अधिकारी’को नयाँ गीत ‘फापरको रोटी’मा सुष्मा र अभिनेता यशराज गराच फिचर्ड छन् । यशराज त गोपीकृष्ण ब्यानरका ‘लक्की चार्म’ नै हुन् ।

गीतको भिडिओमा सौगात मल्ल र सृष्टि श्रेष्ठ पनि फिचर्ड छन् । गीत हेर्दा प्रमोसनल गीतजस्तो देखिन्छ किनभने सुष्मा र यशराज फिल्मको कथासँग असम्बद्ध चरित्र हुन् ।

शम्भुजीत बास्कोटाको संगीत रहेको गीत ‘फापरको रोटी’मा बास्कोटासहित रवि ओड र टीका प्रसाईंको स्वर समावेश छ । दयाराम पाण्डेले गीत लेखेका हुन् । रञ्जित रौनियार निर्देशित फिल्मले सरोगेसीको कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?