+
+

कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते ८:५३

३ भदौ, चितवन । चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडि सवार काठमाडौंका ३२ वर्षीय सरोज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान करिब ३ बजेको समयमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनीहरूको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

सवारी लाइसेन्सका आधारमा प्रहरीले चालकको पहिचान गरेको हो । ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?