+
+

थारु समुदायले काठमाडौंमा मनाए अष्टिम्की पर्व

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते १७:५८

३ भदौ, काठमाडौं । पश्चिम नेपालमा बसोबास गर्ने थारु समुदायका महिलाहरुले काठमाडौंमा अष्टिम्की पर्व मनाएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा विशेष कार्यक्रमको आयोजना गरेर थारु समुदायका महिलाहरुले अष्टिम्की पर्व मनाएका हुन् ।

दुई दिनसम्म मनाइने यो पर्वमा महिला, युवतीहरूले निराहार व्रत बसेर साँझपख विधिपूर्वक पूजाआजा समेत गरेका हुन् ।

अष्टिम्की पर्वमा विवाहिता महिलाहरू आफ्नो श्रीमान‌को दीर्घायूको कामना गर्दछन् भने अविवाहित युवतीहरूले राम्रो बर पाउनका लागि निराहार व्रत बस्‍ने गरेको थारु अगुवा शत्रुघनप्रसाद चौधरी बताए ।

अष्टिम्की पर्वमा व्रत बसेमा मनोकामना पूरा हुने र सुख, शान्ति, समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको बताउदै अगुवा चौधरीले भोलिपल्ट विवाहित छोरीचेलीलाई ‘अग्रसान’ उपहार दिने चलन रहेको बताए ।

उनले भने, ‘ अष्टिम्की मूलतः थारू समुदायमा महिलाहरूको पर्व हो । तर स्वेच्छा अनुसार पुरुषहरू पनि ब्रत बस्न सक्छन् । यो पर्वमा दिनभरि ब्रत बस्ने चलन छ ।
भित्तामा विभिन्न पौराणिक चित्रहरु बनाउँछन् र पूजा गर्छन्। विवाहिता महिलाहरू आफ्नो श्रीमान‌को र अविवाहित युवतीहरूले उत्तम वर पाउनको लागि व्रत बस्छन् ।’

हेर्नुस् तस्वीरहरु : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?