+
+

संघीयतालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक छ : मुख्यमन्त्री शाही

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ४ गते १०:५४

४ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।

शनिबार प्रदेश स्थापना तथा शहीद दिवस–२०७९ को शुभकामना सन्देश दिँदै उनले संघीय सरकारले प्रदेशलाई आवश्यक अधिकार नदिदा केन्द्रसँग नै निहित गरेको बताएका हुन् ।

मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तिको आन्दोलनको मर्म र शहीदको सपना पूरा गर्नका लागि पनि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताएका छन् ।

प्रदेश प्राप्तिको आन्दोलनका क्रममा ज्यानको आहुति दिने शहीदको सम्झनामा कर्णाली प्रदेश सरकारले ‘शहीद स्मारक पार्क’ स्थापनासमेत गरेको मुख्यमन्त्री शाहीले बताएका छन् ।

साथै सरकारले शहीद परिवारका सन्ततिका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन र चालु आर्थिक वर्षदेखि शहीद परिवार भत्ताको समेत व्यवस्था गरिएको बताएको छ ।

राज्य पुनर्संरचनाका क्रममा कर्णालीलाई छुट्टै प्रदेशको माग गर्दै आन्दोलन भएको थियो । हालको कर्णाली र सुदुरपश्चिम प्रदेशलाई एउटै बनाउने गरि भएको निर्णयको विरोधमा कर्णालीले गरेको आन्दोलनको फलस्वरुप नै अहिले कर्णाली प्रदेश प्राप्त भएको थियो ।

प्रदेश प्राप्तिको आन्दोलनका क्रममा सुर्खेतका टीकाराम गौतम, यामबहादुर विसी, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुवँरको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ को दीर्घकालीन सोचलाई पुरा गर्न ‘६ ब’ को नीति अपनाइएको बताएका छन् । र, सोही अनुसार सरकार अघि बढिरहेको उनको भनाइ छ ।

प्रदेशको विकासका लागी सकारात्मक चिन्तनको विकास गरि एकतावद्ध भएर अगाडि बढ्न प्रदेशवासीलाई आह्वान समेत गररेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?