+
+

सत्ता गठबन्धन चुनाव पछिसम्म जान्छ भन्न सकिन्न : झलनाथ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १३:०९

५ भदौ, बुटवल । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सत्ता गठबन्धन प्रदेश र प्रतिनिधिसभा चुनाव पछिसम्म कायम रहनेमा शंका गरेका छन् ।

आइतबार विहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुुरा गर्दै खनालले चुनावसम्म गठबन्धन कायम रहने तर त्यसपछि भन्न नसकिने बताए । ‘गठबन्धन चुनाव पछिसम्म जान्छ भन्न सकिन्न तर, अहिले चुनावसम्म गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ’, खनालले भने ।

उनले इलामको क्षेत्र नं १ मा आफूू अन्तिम पटकका लागि प्रतिनिधिसभामा उम्मेदवार हुने बताए । एमालेमा दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले अलग पार्टी गठन गरेको बताउँदै नेता खनालले तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?