+
+

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपाली बजारमा लन्च हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १३:२४

काठमाडौं । सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ ।

नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस स्कुटर औपचारिक रुपमा लन्च गर्ने तयारी भइरहेको बताएको छ ।

प्रिमियम स्कुटर सेगमेन्टमा नयाँ पहिचान कायम गर्ने र नेपाली बजारमा सुजुकीको स्थानलाई अगाडि बढाउने अपेक्षा गरिएको यो स्कुटर धेरैका लागि प्रतिक्षा बनेको कम्पनीको भनाइ छ । यो स्कुटरमा भएका अत्याधुनिक प्रविधि र सुरक्षा तथा अन्य विभिन्न फिचरका कारण धेरैलाई लोभ्याउने अनुमान गरिएको छ ।

कम्पनीका अनुसार सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको छ । जसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ ।

सुजुकी एभेनिसको १२५ स्कुटर बुकिङ खुला गरिएको र सुजुकीको आधिकारीक शोरुममा सम्पर्क गरेर स्कुटर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ |

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?